नेप्सेमा ४ अङ्कको वृद्धि, कारोबार रकम १ अर्ब ७६ करोड ७० लाख!

आज बुधबार ४.९७ अङ्कले बढेर ०.७४% वृद्धिका  साथ नेप्से परिसूचक २११६.६५ अंकमा बन्द भएको छ। कारोबार भएका २६१  कम्पनीमध्ये ११० कम्पनी उकालो लागेका छन्, ९३ कम्पनी ओरालो लागेका छन् भने  १३  कम्पनी स्थिर रहेका छ।

कारोबार भएका ८ उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन्।

प्रमुख कारोबार

आज नेप्से बजारको टप गेनरमा  आदर्श लघुवित्त रहेको  छ, जसको १०% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा एन आइ बि एल समृद्धि फण्ड रहेको छ, जसको सेयर मूल्य ३.७४% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमा  र भोल्यूममा  नेपाल बैंक लिमिटेडको कारोबार भएको छ।

Comments

Back to top