अर्काको कुरा काट्न प्रतिबन्ध लगाइएको अनौठो गाउँ

फिलिपिन्सको एउटा गाउँमा एक अर्काको कुरा काट्न प्रतिबन्ध लगाइएको छ।

मनिलाको उत्तरी क्षेत्रबाट करिब दुई सय किलोमिटर टाढा रहेको सो गाउँमा त्यहाँका स्थानीय अधिकारीहरुले नयाँ कानून नै बनाएका छन् । कसैको अनावश्यक कुरा काटेको थाहा भएमा कारर्वाही अनुरुप शहरको फोहोर संकलन गर्न लगाइन्छ । पहिलो पटक कुरा काट्नेले ३.८ डलर तिर्नुपर्ने हुन्छ भने तीन घण्टासम्म सडकको फोहोर बटुल्नुपर्छ । साथै त्यही कुरा दोहोराउनेले २० डलरसम्म तिर्दै आठ घण्टासम्म फोहोर बटुल्नुपर्छ । मेयर र्‍यामन गुइकोले व्यक्तिको सम्बन्ध र आर्थिक विषयमा कुरा गरे त्यो दण्डनीय हुने बताएका छन्।

आफ्नो छिमेकी गाउँ मोरेनोमा पनि सन् २०१७ देखिनै सो कानुन लागु गरिएको गुइको बताए । त्यहाँका स्थानीयले सार्वजनिक रुपमा कुरा काटेका कारण करिब १० डलर जरिवाना तिरिसकेका छन् भने फोहोरसमेत संकलण गरेका छन्।

कुरा काट्नु समयको बर्बादी भएको बताउदै मेयर गुइकोले भने, ‘मानिसहरुले यो भन्दा निकै राम्रो काम गर्न सक्छन् । कुरा काट्ने प्रवृत्तिलाई प्रतिबन्ध लगाउँदा मानिसहरुको गुणस्तरीय जीवनमा सुधार ल्याउन सकिन्छ।’

Comments

Back to top