लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्सबीच मर्जर सम्झौता

लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्सबीच एकापसमा गाभ्ने तथा गाभिने (मर्जर) सम्बन्धमा अन्तिम सम्झौता सम्पन्न भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रम आयोजना गरी मर्जर सम्झौता भएको हो।

सम्झौतापत्रमा लुम्बिनीको तर्फबाट अध्यक्ष मनोहर दास मुल र सगरमाथाका तर्फबाट अध्यक्ष रामकृष्ण मानन्धरले हस्ताक्षर गरे । उक्त कार्यक्रममा दुबै कम्पनीका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृतहरु लगायतका पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो।

उक्त सम्झौता अनुसार दुवै कम्पनी एक आपसमा गाभिए पश्चात बन्ने कम्पनीको नाम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड रहने सहमती भएको छ।

Comments

Back to top