महिन्द्राको फ्ल्यागशिप ग्लोबल एसयूभी–एक्सयूभी ७०० नेपालमा लन्च, मूल्य ७४ लाख

भारतको अग्रणी एसयूभी निर्माता महिन्द्रा एण्ड महिन्द्राले आफ्नो फ्ल्यागशिप ग्लोबल एसयूभी– एक्सयूभी ७०० (एक्सयूभी, ७ डबल ‘ओ’का रूपमा उच्चारण गरिने) नेपालमा सार्वजनिक गरेको छ।

‘एक्सयूभी ७०० नेपाली उपभोक्ताका लागि उपयुक्त भएकोमा महिन्द्रा विश्वस्त छ, यसभन्दा अघि कहिल्यै नभएको जस्तो सन्तुष्टि दिने अपेक्षा गरिएको छ ! एक्सयूभी ७०० नेपालको पहिलो महिन्द्रा एसयूभी बनेको छ’, कम्पनीले भनेको छ, ‘जुन नयाँ पहिचान – ट्विन पिक्स लोगोको साथ आएको छ। भारतबाहिर दक्षिण अफ्रिकापछि नेपाल दोस्रो बजार हो, जहाँ एक्सयूभी ७०० लन्च गरिएको छ।’

नेपालमा एक्सयूभी ७०० पाँच र सात सिट क्षमताको म्यानुअल र अटोमेटिक अप्सनसहितको पेट्रोल इन्जिनमा उपलब्ध हुने कम्पनीले जनाएको छ। एक्सयूभी ७०० भारतको सबैभन्दा प्रतिष्ठित इन्डियन कार अफ द इयर अवार्ड २०२२ को विजेता, र कुल ३१ पुरस्कारहरू विजेता सबैभन्दा सम्मानित कार हो, जसमा २४ घण्टामा ४००० किलोमिटर दूरी तय गर्ने सहनशक्ति रेकर्ड ब्रेक पनि समावेश छ।

महिन्द्रा एक्सयूभी ७०० लाई रु.७४ लाखको आकर्षक मूल्यमा सार्वजनिक गरिएको छ । यो परिचयात्मक मूल्य फेब्रअरी २०२३ मा प्रारम्भिक डेलिभरी हुने गरि सार्वजनिक गरिएको मितिदेखि एक महिनाका लागि लागू हुने जनाइएको छ।

एक्सयूभी ७०० ले नेपालको प्रिमियम एसयुभी सेगमेन्टमा नयाँ मानक स्थापित गरेको कम्पनीको भनाइ छ । एसयूभीमा १०.२५ इन्चको टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम र क्लस्टर, सिक्स वे पावर्ड ड्राइभर सिट र १२ सोनी स्पिकरसहितको क्लास लिडिङ म्युजिक सिस्टम प्रिमियम सुविधाहरू रहेको जनाइएको छ । यसमा प्यानोरमिक सनरुफ र डुअल जोन क्लाइमेट कन्ट्रोल पनि रहेको छ।

महिन्द्राले ३० वर्ष भन्दा बढीको सम्बन्धलाई सुदृढ गर्दै अग्नि इन्कर्पोरेटेडमार्फत एक्सयूभी ७०० लन्च गरेको छ । महिन्द्राका लागि नेपाल ठूलो बजार हो, जसकोे ठूलो ग्राहक आधार छ।

एक्सयूभी ७०० ट्विन पिक्स ब्राण्डको एसयूभी शोरुमबाट उपलब्ध गराइनेछ, जुन नेपाली ग्राहकलाई प्रिमियम अनुभव प्रदान गर्नकै लागि संरचित गरिएको छ। सुरुमा एक्सयूभी ७०० काठमाडौंका दुई ट्विन पिक ब्राण्डका शोरुमबाट उपलब्ध हुनेछ। ट्विन पिक्स नेटवर्क आगामी मार्च २०२३ सम्ममा नेपालभरका पाँच वटा शोरुममा विस्तार गरिनेछ। नयाँ शोरुमग्राहक अनुभवलाई उन्नत बनाउन र महिन्द्राको लागि नयाँ ग्राहक आधार ल्याउन डिजाइन गरिएको हो।

Comments

Back to top