रिडी पावर र अरूण भ्याली हाइड्रोपावरको बोनस सेयरमा मूल्य समायाेजन, कतिमा खुल्दैछ कारोबार ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा रिडी पावर कम्पनी लिमिटेड र अरूण भ्याली हाइड्राेपावर डेभलपमेन्ट कम्पनी लिमिटेडकाे सेयर मूल्य समायाेजन भएकाे छ ।

नेप्सेका अनुसार रिडी पावर कम्पनी लिमिटेडकाे ४० प्रतिशत बाेनस सेयरमा मूल्य समायोजन भएको हो । समायोजन पछि यसको भाउ ३८५ रूपैयाँ कायम भएको छ । त्यसैगरी, अरूण भ्याली हाइड्राेपावर डेभलपमेन्ट कम्पनी लिमिटेडकाे ८ प्रतिशत बाेनस सेयरमा नेप्सेले प्रतिकित्ता ३०८.३३ रूपैयाँ भाउ कायम हुने गरी मूल्य समायाेजन गरेकाे हाे । मंगलबारको अन्तिम कारोबार मूल्यलाई आधार मानेर यिनीहरुको बोनस सेयरमा मूल्य समायोजन गरिएको हो । 

 

Comments

Back to top