किन आउँछ गिजाबाट रगत? यस्तो छ कारण र उपचार!

के तपाईंलाई ब्रस गर्दा वा खाना खाँदा गिजाबाट रगत आउने समस्या छ? यदि छ भने ढिलो नगरी डाक्टरको सल्लाह लिनुहोस् । किनभने यस्तो समस्या शरीरमा कुनै ठूलै रोगको संकेत हुन सक्छ ।

आजभोलि टुथपेस्टको विज्ञापन टेलिभिजन तथा अन्य सञ्चारमाध्यममा धेरै देखिने गर्छ। जसले गिजाबाट रगत आउने समस्या सजिलै समाधान हुने बताएको हुन्छ। तर, कसैको गिजाबाट रगत आउने समस्या छ भने यस्ता विज्ञापनको भर नपरी डाक्टरको सल्लाह लिनु नै उचित हुन्छ।

के तपाईंलाई ब्रस गर्दा वा खाना खाँदा गिजाबाट रगत आउने समस्या छ? यदि छ भने ढिलो नगरी डाक्टरको सल्लाह लिनुहोस् । किनभने यस्तो समस्या शरीरमा कुनै ठूलै रोगको संकेत हुन सक्छ ।

आजभोलि टुथपेस्टको विज्ञापन टेलिभिजन तथा अन्य सञ्चारमाध्यममा धेरै देखिने गर्छ। जसले गिजाबाट रगत आउने समस्या सजिलै समाधान हुने बताइको हुन्छ। तर, कसैको गिजाबाट रगत आउने समस्या छ भने यस्ता विज्ञापनको भर नपरी डाक्टरको सल्लाह लिनु नै उचित हुन्छ।

के कारणले आउँछ गिजाबाट रगत?
जिन्जवाइटिस
नियमित ब्रस गरिएन वा गिजाको सफाइमा ध्यान दिइएन भने गिजामा भएका ब्याक्टेरियाका कारण गिजा सुन्निने, चिलाउने र दुख्ने जस्ता समस्या  देखिन्छ। जसले गर्दा सुरुमा गिजाबाट रगत आउने र समयमा उपचार भएन भने ठूलो संक्रमणमा परिवर्तन हुनसक्छ। जसले गर्दा पेरियोडोन्टाइटस नामको रोगको मुख्य कारण बन्न सक्छ। त्यो रोगले गिजा यति कमजोर हुन्छ कि, दाँत हल्लिने र झर्ने समस्या समेत आउँछ।

औषधिको साइड इफेक्ट
कुनै बेला कुनै कडा औषधिको साइड इफेक्टको कारणले गिजाबाट रगत आउने गर्छ। जस्तैः एस्पिरिन नामको औषधिको साइड इफेक्टले गर्दा यस्तो समस्या हुन्छ।

गर्भावस्था या महिनावारीको हार्मोनल बदलिँदा
गर्भवती र महिनावारी भएका महिलामा गिजाबाट रगत आउने समस्या धेरै देखिन्छ। यसमा हार्मोनल बदलीको समयमा गिजामा सही तरिकाले रगत नपुग्दा गिजा कमजोर हुने र रगत आउने गर्छ।

भिटामिन ‘सी’ को कमी
जब कोही व्यक्तिको आहारमा पर्याप्त फलफूल र तरकारी हुँदैन त्यसको कारणले भिटामिन सीको कमी हुन्छ। भिटामिन सीको कमीले गिजा सुन्निने र रगत आउने समस्या आउने गर्छ।

भिटामिन ‘के’ को कमी
भिटामिन ‘के’ शरीरको क्लोटिङ प्रक्रियाको लागि एकदम महत्वपूर्ण तत्व हो। त्यसैले यसको कमीले शरीरको कुनै ठाउँबाट रगत आउने प्रवृत्ति बढ्छ, जसमा गिजा पनि समावेश हुन्छ।

टेढो दाँत
टेढो दाँत हुनेको दाँत सफा गर्न एकदम गाह्रो हुन्छ। किनभने दुई वटा दाँतको बीचमा खानेकुरा अड्किने र त्यसलाई सफा गर्न मुस्किल हुँदा सजिलै गिजाबाट रगत आउने गर्छ।

 

गिजाबाट रगत आउन कसरी रोक्ने?
डेन्टिस्टलाई देखाउने 

मुखको रेखदेखमा ध्यान पुर्‍याउँदा, औषधिको ठिक प्रयोग गर्दा र स्वस्थ आहार खाँदा पनि गिजाबाट रगत आउन बन्द नभएमा डेन्टिस्टलाई देखाउन जरुरी हुन्छ। डेन्टिस्टले दाँत र गिजाको जाँच गर्नुका साथै त्यसको रोकथाम र उपचार गर्ने हुँदा जँचाउन ढिला गर्नु हुँदैन।

टुथ ब्रसको जाँच गरौं
ब्रस गर्दा गिजाबाट रगत आउने समस्या छ भने, नरम टुथ ब्रसको प्रयोग गर्नुपर्छ।

औषधिको बारेमा डाक्टरसँग सोध्ने 
कुनै औषधि यस्तो हुन्छ जसले गिजाबाट रगत आउने सम्भावना बढाइदिन्छ। जस्तै ‘एस्पिरिन’ जस्तो औषधिले रगत पातलो बनाउने हँुदा  डाक्टरले औषधि परिवर्तन गरिदिन्छन्। 

पोषणयुक्त खानेकुरा खाने 
पोषणयुक्त खाना खाने। जसमा पर्याप्त मात्रामा भिटामिन सी र क्याल्सियम समावेश होस्। यसले गिजामा हुने समस्यालाई कम गर्छ।

Comments

Back to top