बाजेको सेकुवा र रोयल लाउञ्चलाई कारवाही स्वरूप १/१ लाख जरिवाना

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बत्तिसपुतली र तीनकुनेमा रहेको दुई रेष्टुरेन्टलाई नगद जरिवाना गरेको छ ।

सोमबार बजार अनुगमनका त्रममा विभागले बत्तिसपुतलीस्थित बाजेको सेकुवा र तीनकुनेमा रहेको रोयल लाउञ्च ब्याक्वेट एण्ड रेष्टुरेन्टलाई कारवाही स्वरूप १(१ लाख रुपैयाँ जरिवाना गरेको हो ।

५ वर्षदेखि सञ्चालनमा आएको बत्तिसपुतलीस्थित बाजेको सेकुवाले व्यवसाय दर्ता नहुँदा कारवाही गरिएको विभागका अनुगमन अधिकृत ध्रुव खनालले जानकारी दिए ।

यस्तै, व्यवसाय घरेलु तथा स्थानिय निकायमा दर्ता नभएको भेटेपछि तीनकुनेमा रहेको रोयल लाउञ्च ब्याङ्क्वेट एण्ड रेष्टुरेन्टलाई नगद कारवाही गरिएको उनले बताए ।

‘७ वर्षदेखि संचालनमा रहेको उक्त रेष्टुरेन्ट कम्पनी र प्यानमा रहेपनि घरेलु तथा स्थानिय तहमा दर्ता नभएको कारण नगद १ लाख रूपैयाँ जरिवाना गरिएको हो,’ उनले भने ।

विभागको अनुसार दुवै रेष्टुरेन्ट सात दिनभित्र जरिवाना रकम भुक्तानी गर्नुपर्नेछ ।

Comments

Back to top