टोयोटा बन्यो २०२२ मा विश्वको सर्वाधिक कार बिक्रेता कम्पनी

टोयोटाले २०२२ मा सबैभन्दा धेरै बिक्री हुने कार निर्माताको रूपमा आफ्नो उपाधि रक्षा गर्न सफल भयो।  

जापानी कार निर्माता कम्पनी टोयोटा २०२२ मा विश्वको सर्वाधिक कार बिक्रेता कम्पनी बनेको छ। शुक्रबार सार्वजनिक विवरण अनुसार २०२२  मा टोयोटाको कार बिक्री अघिल्लो वर्षको तुलनामा १०.५  प्रतिशत बढेको हो। टोयोटाले कार बिक्रीमा जर्मन प्रतिस्पर्धी फक्सवागनलाई पछि पारेको हो। 

२०२२  मा टोयोटाले विश्वभर ८ करोड ३ लाख कार बिक्री गरेको हो। यो तथ्यांक टोयोटाका साथै उसैको स्वामित्वमा रहेको डाइहात्सु मोटर र हिनो मोटर्सको समेत सवारी समावेश रहेको छ। 

२०२१ मा कार उत्पादकहरुले कोरोना महामारीका कारण भएको सेमिकन्डक्टर तथा पार्टस अभाव हुँदा उत्पादन कटौती गरेका थिए। तर अन्य कम्पनीको तुलनामा टोयोटाले अभाव कम झेलेको थियो।

युरोपका कार उत्पादकको तुलनामा एसियालीकार उत्पादक टोयोटाले सेमिकन्डक्टर र पार्टसको उपलब्धता व्यवस्थापन गर्न सकेकाले उसको उत्पादन थोरै मात्र कम देखिएको छ।

Comments

Back to top