१०६ पृष्ठको प्रतिवेदनले हल्लायो अडानीको साम्राज्य

जनवरी २०२३ को शुरुका दिनहरूमा सबै ठीक थियो, तर अचानक भूकम्प गयो जसले गौतम अडानीको साम्राज्यलाई हल्लायो । अमेरिकाको यो रिपोर्टका कारण गौतम अडानीको सम्पत्ति ध्वस्त भयो । उनको सम्पत्ति निरन्तर घटिरहेको छ ।

एक समय फोब्र्सको रियल टाइम अर्बपतिको सूचीमा एलोन मस्कलाई पछि पारेका गौतम अडानी आज आफैं पछि परिररहेका छन् । जनवरी २७ मा उनको सम्पत्ति २२.७ अर्ब डलरले घटेर ९६.५ अर्ब डलर पुगेको छ । उनको सम्पत्ति १९ प्रतिशतभन्दा बढीले घटेको छ ।

अमेरिकी अनुसन्धान कम्पनी फर्म हिन्डनबर्ग रिपोर्टले २४ जनवरीमा १०६ पृष्ठको रिपोर्ट जारी गर्यो। यो रिपोर्टले अडानी समूहको रातको निन्द्रा उडाइदियो । दुई दिनभित्र, अडानी समूहको मार्केट क्याप २.३७ लाख करोडले घट्यो । यति मात्र होइन, गौतम अडानीको सम्पत्ति १०० अर्ब डलरभन्दा तल झरेको छ । फोर्ब्सको रियल टाइम अर्बपति सूचकांकमा गौतम अडानी सातौं स्थानमा झरेका छन् ।

Comments

Back to top