संसारकै सबैभन्दा लामो सुनको सिक्री!

संसारमा नाम लेखाउनका लागि अनेक काम हुन्छन् । यूएईले संसारको सबैभन्दा लामो सुनको बनाएर विश्व रेकर्ड बनाएको छ ।

यूएईको दुबईमा बनाइएको यो सुनको सिक्री साढे पाँच किलोमिटर लामो र २५६ किलो तौलको छ। २२ क्यारेट सुन प्रयोग गरिएको यो सिक्रीलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा हातले बनाएको संसारको सबैभन्दा लामो सिक्रीको रुपमा स्थान प्राप्त गरेको छ ।

यस सिक्रीमा ४० लाख सुन जडान रहेको छ । यो सिक्री बनाउन एक सय जना कालीगढ ४५ दिन खटिएका थिए । बलिउड नायिका करिना कपुरले समेत यो सिक्री बनाउन योगदान दिएकी छिन् ।

दुबई गोल्ड एण्ड ज्वेलरी ग्रुप एसोसिएसनले पाँच ठूला ज्वेलरहरुको सहयोगमा बनाएको यस सिक्रीलाई दुबई सपिङ फेस्टिबलमा तीन दिनसम्म प्रदर्शनीमा राखिएको  थियो ।

एजेन्सी

Comments

Back to top