एसियाकै धनी व्यक्तिको कम्पनीमा शेअर मूल्यमा ११ अर्ब डलर गुमाएपछि मुद्दा लड्ने सुरमा

धितोपत्रमा चलखेल र लेखासम्बन्धी जालसाजी गरेको भन्ने आरोपसहितको एक प्रतिवेदन सार्वजनिक भएपछि एसियाकै सबैभन्दा धनी व्यक्ति गौतम अदानीको कम्पनीले त्यस्ता आरोपको प्रतिवाद गरेको छ।

गौतम अदानीको ‘अदानी ग्रुप’ले एक अमेरिकी लगानी कम्पनीले तयार गरेको प्रतिवेदन “दुर्भावनापूर्ण” र “चुनिएका भ्रामक सूचना” युक्त भनेर प्रतिक्रिया दिएको छ।

यसै हप्ता बुधवार त्यस्तो अध्ययन प्रतिवेदन सार्वजनिक भएयता अदानी समूहले धितोपत्र बजारमा आफ्नो ११ अर्ब डलर मूल्य गुमाएको छ।

उक्त भारतीय कम्पनीले अब त्यस्तो प्रतिवेदन तयार पारेको न्यूयोर्कको ‘हिन्डनबर्ग रिसर्च’ विरुद्ध कानुनी उपचार खोज्नेबारे छलफल गरिरहेको जनाएको छ।

Comments

Back to top