सुनले बनेको संसारकै महँगो बिमान !

मानिसहरु समयको सदुपयोग गर्दै चाँडोभन्दा चाँडा गन्तव्यमा पुग्न हवाइजहाजको प्रयोग गर्छन् ।

विमानको विषयमा विभिन्न रोचक घटनाहरु सार्वजनिक भइरहँदा केही विषय तपाईलाई थाहा हुन सक्छन् केही नहुन पनि सक्छन् । आज हामीले एउटा सुनै सुनले बनेको विमानको विषयमा यहाँ चर्चा गरेका छौं ।

त्यसो त विमान नै सुनले बनेको छ भने त्यसको मुल्य निकै महँगो हुने नै भयो । संसारकै महँगो विमान भएको दाबी गरिएको यो विमानको मुल्य पाँच सय मिलियन डलर रहेको बताइन्छ ।

बिमानका मालिक हुन साउदी अरबका प्रिन्स अलवालिदविन तलाल। उनले बिमानलाई आफ्नै तरिकाले डिजाईन गर्न लगाएका हुन् ।

बाहिर सुनौलो देखिने विमानको भित्री भाग पनि पूरै सनले नै बनाइएको जनाइन्छ । विमानभित्र एउटा कन्सर्ट हल पनि रहेको छ। जहाँ यात्रुहरुले कुनै फङ्सन गर्न सकुन भन्ने हेतुले उनले विमानभित्र कन्सर्ट हल बनाउन लगाएका हुन् ।

Comments

Back to top