तीब्र माग र आपूर्तिमा सुधारको कारण टाटा मोटर्स नाफामा

दुई बर्षसम्मको निरन्तर प्रयासपछि भारतको टाटा मोटर्स नाफामा फर्किएको छ।

‘जगुआर ल्याण्ड रोभर (जेएलआर)’ को मुम्बईस्थित मूल कम्पनीले गत बर्षको अन्तिम त्रैमासिक (अक्टुबर–डिसेम्बर) मा २९.६ अर्ब भारु (करिब ३६ करोड २५ लाख मिलियन अमेरिकी डलर) नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनी १५.२ अर्ब भारतीय रूपैयाँ घाटामा रहेको थियो।

उत्पादनमा सुधार र प्यासेन्जर भेहिकल सेग्मेन्टमा बलियो मागका कारण सञ्चालनबाट हुने कुल आम्दानी २२।५ प्रतिशतले बढेर आठ खर्ब ८४ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । जगुआर ल्याण्ड रोभरको राजस्व २८.१ प्रतिशतले बढेर ६.०४ अर्ब पाउन्ड पुगेको छ ।

बेलायती सहायक कम्पनीले यसअघि २६ करोड ५० लाख पाउन्ड नाफा कमाएको छ भने अघिल्लो वर्षको सोही त्रैमासिकमा ९० लाख पाउण्ड घाटा व्यहोरेको थियो ।

अन्तरिम प्रमुख कार्यकारी अधिकृत एड्रियन मार्डेलले एक विज्ञप्तिमा भने, “पछिल्लो त्रैमासिकमा चिपको अभाव कम भएको छ र उत्पादन र विक्री बढेको छ ।कम्पनीका अनुसार चीनमा अटो डिलरसिपको बिक्री लकडाउनका कारण प्रभावित भएको छ भने कोरोना भाइरसका कारण लगाइएको प्रतिबन्धलाई खुकुलो पारिएपछि चालु त्रैमासिकमा सामान्य हुने अपेक्षा गरिएको छ ।

बेलायतको सबैभन्दा ठूलो कार निर्माता कम्पनी जेएलआरमा बाँकी रहेको अर्डर डिसेम्बरको अन्त्यसम्ममा दुई लाख १५ हजार युनिट पुगेको छ । कम्पनीले सन् २०२५ मा आफ्नो सोलिहुल प्लान्टमा निर्मित पूर्ण इलेक्ट्रिक जगुअर मोडेल लन्च गर्ने बताएको छ ।
टाटा मोटर्सको व्यवसायिक सवारी साधन विक्रीबाट प्राप्त हुने आम्दानी गत वर्षको सोही अवधिको तुलनामा २२.५ प्रतिशतले बढेर १६८.९ अर्ब भारु पुगेको छ ।

आपूर्ति र मागमा ‘भूराजनीतिक अवस्था, मुद्रास्फीति र ब्याज दर जोखिम’ औंल्याउँदै कम्पनीले प्रमुख विदेशी बजारहरूमा कमजोर मागका कारण व्यावसायिक सवारी साधन निर्यात कमजोर रहेको बताएको छ ।

गत त्रैमासमा यात्रुवाहक सवारी साधनको मागमा विक्री भएको छ । राजस्व ३७.४ प्रतिशतले बढेर ११६.७ अर्ब भारु पुगेको छ । कूल एक लाख ३८ हजार नौसय सवारी साधनको खुद्रा बिक्री भएको छ, जुन लामो समयपछिको सुधार हो । मुम्बईमा बुधबार टाटा मोटर्सको शेयर ०.७३ प्रतिशतले घटेर बन्द भएको छ ।

Comments

Back to top