बन्ला त नेप्सेमा अर्को ट्रेड सेटअप?

कारोबार रकममा सामान्य सुधार संगै आज नेप्सेमा १०.३७ अंकको बृद्धिका साथ सूचक २१८३.६२मा पुगेर क्लोजिङ्ग भएको छ।  बजारमा डिसट्रीब्युसन अथवा एक्युमुलेसन चलेको  निश्चितका साथ भन्न नसकिएता पनि इलिओट वेभका दृष्टिकोणबाट नियाल्दा बजारमा  अझै पाँचौ वेभ आउन सक्ने सम्भावना देखिन्छ। सो वेभ आएमा बुलिश यात्रा कायम रहने र सामान्य अवस्थामा बजार २३१५को बिन्दु सम्म पुग्ने आँकलन लगाउन सकिन्छ।    

पाँचौ वेभ इलियट वेभ भित्रको अन्तिम चरण हो। यो समग्र प्रवृतिको दिशामा एक र तीन वेभ जस्तै सर्ने गर्दछ। पाँचौ वेभ आउँदा बजारमा आर्थिक र आधारभूत समाचार सकारात्मक आउने गर्छन। पाचौ वेभलाई प्रायः खुद्रा लहर मानिन्छ, किनभने यो समयमा अधिकांश खुद्रा लगानीकर्ताहरूले मूल्यहरू अझ बढी चलाउन, प्रायः चरम मूल्याङ्कन गर्न बजारहरूमा आउन थाल्दछ्न । यो  पाँचौ वेभको अन्तिम चरणहरूमा हामीले आर.एस्.आइ ,स्टोक्यासटिक्स (Stochastics), र एम.ए.सी.डि जस्ता धेरै गति सूचकहरूमा प्राविधिक डाइभर्जेंस पनि देख्छौं।

Comments

Back to top