गृहमन्त्री लामिछानेविरुद्धकाे मुद्दामाथि सुनुवाइ जारी

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकताको वैधतामा प्रश्न उठाएर दायर रिटमाथि सर्वाेच्च अदालतमा सुनुवाइ भइरहेको छ । 

नागरिकताको वैधतमा प्रश्न उठाउँदै लामिछानेको प्रतिनिधिसभा सदस्य खारेजीको माग गर्दै अधिवक्ता रबिराज बसौला समेत र अधिवक्ता युवराज पौडेलसमेतले दायर गरेको दुईवटा छुट्टाछुट्टै रिटमाथि बुधबार संयुक्त रुपमा संवैधानिक इजलासमा सुनुवाइ भइरहेको हो । 

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु  विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिल कुमार सिन्हा सहभागी संवैधानिक इजलासमा गृहमन्त्री लामिछाने विपक्षी बनाइएको मुद्दामाथि सुनुवाइ भइरहेको हो । 

लामिछानेविरुद्धको मुद्दामाथिको सुनुवाइका लागि गठित इजलासमा बुधबार विश्वम्भरप्रसाद श्रेष्ठ थपिएका छन् भने प्रकाशमानसिंह राउतलाई हटाइएको छ । गत २२ पुसको सुनुवाइमा श्रेष्ठ बिदामा थिए । 

अमेरिकाको नागरिकता त्यागेर पुनः नेपाली नागरिकता नलिई खारेज भएकै नागरिकताबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेकाले उनको सांसद पद खारेजीसहितको माग गर्दै गत २८ मंसिरमा लामिछानेविरुद्ध रिट दर्ता गरिएको थियो । 
 

Comments

Back to top