मिथिला लघुवित्तको कस्तो छ वित्तीय अवस्था ?

मिथिला लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । समीक्षा अवधिसम्म आईपुग्दा संस्थाको खुद नाफामा ३७.२५ प्रतिशतले घटेको छ । यस अवधिसम्म कम्पनीले २ करोड १७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्ष यसले ३ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

सञ्चालन नाफा ३८.७२ प्रतिशतले घटेर २ करोड ६२ लाख रुपैयाँ कायम भएको छ । गत वर्ष यसै अवधिसम्ममा कम्पनीले ४ करोड २७ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो। कम्पनीको खुद ब्याज आम्दानी पनि १२.२५ प्रतिशतले घटेर ५ करोड ७२ लाख रुपैयाँमा झरेको छ । गत वर्ष कम्पनीको यस्तो आम्दानी ६ करोड ५२ लाख रुपैयाँ रहेको थियो।

दोस्रो त्रैमासमा कम्पनीले ७९ करोड ४३ लाख रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ३१ करोड ६४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। हाल चुक्ता पुँजी १७ करोड ४ लाख रुपैयाँ रहेको यसको जगेडा कोषमा १८ करोड २० लाख रुपैयाँ छ।कम्पनीको प्रतिसेयर आम्दानी २५.५२ रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ २०६.८१ रुपैयाँ रहेको छ।

Comments

Back to top