१ लाख ३८ हजार रुपैयाँ किलो पर्ने तरकारी

तरकारीको मूल्य जति नै महंगो भए पनि प्रतिकिलो १ हजार रुपैयाँ भन्दा तल नै छ ।तर, संसारमा यस्तो पनि तरकारी छ, जुन तरकारीको मूल्य प्रतिकिलो १ लाख ३८ हजार (१ हजार युरो) पर्दछ । यो तरकारी गरिब त क धनीहरुले पनि किन्नुअघि साच्नुपर्ने हुन्छ।

यति महंगो तरकारीको नाम हो, ‘हप शूट्स’। यसमा रहेको फूललाई ​​‘हप कोन्स’ भनिन्छ । वास्तवमा यसको फूल बियर बनाउन प्रयोग गरिन्छ भने बाँकी फलहरू खानाको रूपमा प्रयोग हुन्छन् । महँगो भएको कारण यो तरकारी कुनै बजार वा स्टोरमा सहजै देख्न पाइँदैन।

‘हप शूट्स’ औषधीय गुणहरूले सम्पन्न हुन्छ, त्यसैले यो जडिबुटीको रूपमा पनि प्रयोग हुन्छ । दाँतको दुखाइमा यो धेरै प्रभावकारी छ । यसबाहेक, क्षयरोग जस्ता गम्भीर रोगको उपचारमा पनि यसको प्रयोग गरिन्छ । यसमा एन्टिबायोटिक गुणहरू पाइने बताइएको छ।

यसलाई काँचै पनि खान सकिन्छ । यद्यपि यसको स्वाद एकदम कडक हुन्छ । यसको फलहरूलाई सलादको रूपमा प्रयोग गरिन्छ भने अचार पनि बनाउन सकिन्छ, जुन धेरै स्वादिलो ​​र खानका लागि लाभदायक हुन्छ।

८०० ईस्वीतिर यसलाई बियरमा मिसाएर मानिसहरूले पिउँथे र यो प्रवृत्ति अझै चलिरहेको छ । यसको खेती पहिले उत्तरी जर्मनीमा शुरू भयो र त्यसपछि यो बिस्तारै विश्वभर फैलियो।

 

 

Comments

Back to top