पुरुषमा क्यान्सरका सुरुवाती १० लक्षण यी हुन्!

क्यान्सरको सुुरुवाती लक्षण यदि समयमै पहिचान गर्न सकियो भने उपचार सजिलो हुन्छ र यसकै कारणबाट हुने मृत्युलाई रोक्न पनि सकिन्छ। एक अनुुमान अनुसार पुरुषमा क्यान्सरबाट हुने मृत्युमा ३१ प्रतिशत फोक्सोको क्यान्सर, १० प्रतिशत प्रोस्टेट, ८ प्रतिशत कोलोरेक्टल र ४ प्रतिशत कलेजोको क्यान्सर कारक हुन्छन्। यसैले सुरुवाती अवस्थालाई कहिल्यै पनि बेवास्ता गर्नुहुँदैंन। के हुन् त सुरुवाती लक्षण?

पेटमा समस्या
पेटमा समस्या हुनुु ठुलो समस्या होइन। तर लगातार पेटमा समस्या देखियो भने यो कोलोन या कोलोरेक्टल क्यान्सरको सुुरुवाती लक्षण हुन सक्छ। पखाला या अपचको समस्याले क्यान्सरलाई संकेत गर्छ। यसको कारण पेटमा ग्यास भरिने र दुख्ने समस्या पनि हुन सक्छ।

रगत बग्नु
लगातार रगत बग्नु क्यान्सरको लक्षण हुन सक्छ। मलद्वारबाट रगत निस्कने समस्या छ भने कोलोन क्यान्सरको लक्षण पनि हुन सक्छ । यद्यपि यो समस्या ५० वर्षको उमेरपछि हुन्छ। तर अचेलको जीवनशैलीका कारण यो कुनै पनि उमेरमा हुन सक्छ।

मूत्राशयमा परिवर्तन
पिसाब गर्दा यदि पीडा हुन्छ या पिसाबमा रगत देखिन्छ भने प्रोस्टेट क्यान्सरको लक्षण हुुन सक्छ। पिसाब रोक्न नसक्ने समस्या पनि क्यान्सरको लक्षण हुन सक्छ।

अण्डकोषमा परिवर्तन
अण्डकोषमा परिवर्तन टेस्टिकुलर क्यान्सरको संकेत हुन सक्छ। यदि अण्डकोषको आकार बढिरहेको छ भने बेवास्ता नगर्नुुस् । यो क्यान्सर बढी मात्रामा २० देखि ३९ वर्षको उमेरका मानिसलाई हुन्छ।

पिठ्युँमा पीडा हुनुु
काम बढी गर्दा या कुर्सीमा गलत तरिकाले बस्दा पिठ्युँमा पीडा हुनु सामान्य हो। तर लगातार पिठ्युँमा पीडा भइरहेको छ भने यो कोलोरेक्टल या प्रोस्टेट क्यान्सरको कारण हुन सक्छ। यसका अलावा आसपासको मांसपेशीमा पनि पीडा हुुन्छ।

तौल घट्नु
यदि कुनै पनि कारण विना तौल कम भइरहेको छ भने क्यान्सरको सुरुवाती लक्षण हुन सक्छ । कुनै पनि प्रयास नगरीकनै करिब ५ केजीभन्दा कम तौल भयो भने क्यान्सरको प्राथमिक लक्षणका रुपमा लिन सकिन्छ।

लगातार खोकी लाग्नु
चिसो र रुघाका अलावा धुमपान गर्नेहरुमा खोकीको समस्या देखिन्छ। तर यदि कुनै पनि कारणविना लगातार खोकी लाग्छ भने फोक्सोको क्यान्सरको सुरुवाती लक्षण हुन सक्छ। यदि खोकीका साथ खकारमा रगत पनि आउछ भने अवस्था गम्भीर पनि हुन सक्छ।

थकाइ लाग्नु
कुनै कारणविना नै थकाई लागेको महसुुस हुन्छ भने क्यान्सरको सुरुवात लक्षण हुन सक्छ । कहिलेकाही त हात खुट्टाले पनि काम नगर्ने हुन्छ।

ज्वरो आउनु
ज्वरो पनि क्यान्सरको लक्षण हो। क्यान्सरका कारण शरीरको रोग प्रतिरोधक क्षमता कमजोर हुन्छ, र शरीरले रोगबाट रक्षा गर्न सक्दैन। यसो हुँदा ज्वरो आउँछ। रगत क्यान्सर, ल्युकेमियामा पनि ज्वरो आउछ।

छालामा परिवर्तन
छालामा असामान्य रुपमा परिवर्तन हुनु क्यान्सरको सुुरुवाती लक्षण हुन सक्छ। यदि कुनै व्यक्तिको छाला विनाकारण पहेंलो या कालो हुुन्छ भने यो क्यान्सरको संकेत हुन सक्छ।

Comments

Back to top