एउटा यस्तो देश जहाँ घरपालुवा जनावर पाल्दा जेल पर्न सकिन्छ!

तेहरानका माशा नाम गरेकी कुकुर पाल्ने एक महिलाले घरपालुवा जनावरहरू पाल्नेहरूको पक्राउ र जनावरहरूको बन्ध्याकरणबारेको एउटा नयाँ लहरलाई इङ्गित गर्दै थिइन्।

इरानको राजधानी शहरको प्रहरीले हालै एउटा घोषणा गर्दै शहरका पार्कहरूमा कुकुर लिएर डुल्नु ‘अपराध’ हुने जनाएको छ। त्यस्तो प्रतिबन्ध ‘आम मानिसको सुरक्षा सुनिश्चित गर्न’ लगाइएको बताइएको छ।

त्यसैबेला महिनौँको बहसपछि इरानको संसदले एउटा विधेयक पारित गर्ने तयारी गरिराखेको छ। जनावरहरूविरूद्ध मानिसको अधिकार संरक्षण गर्ने भनिएको उक्त कानुनको प्रस्तावले जनावर पाल्ने कुरा प्रतिबन्ध लगाउनेछ।

जरिबाना

प्रस्तावित नयाँ कानुनी व्यवस्था अन्तर्गत घरपालुवा जनावर राख्न एउटा विशेष समितिले जारी गर्ने अनुमति लिनुपर्नेछ। उक्त कानुनमा धेरैजसो घरपालुवा जनावरहरूको आयात, खरिद तथा विक्री र पालनूका लागि न्यूनतम ८०० अमेरिकी डलरसम्म जरिबाना हुनसक्ने उल्लेख गरेको छ।

जनावरको उक्त सूचीमा धेरैजसोले पाल्ने गरेका बिरालो, कछुवा र मुसासम्म छन्।

‘यस विधेयकमाथिको बहस एक दशकभन्दा अगाडीदेखि सुरु भएको हो जतिखेर इरानी सांसदहरूको सबै कुकुरहरूलाई लिएर चिडियाखानामा दिने वा तिनलाई मरुभूमिमा छाड्ने एउटा कानुन अगाडि बढाउन खोजेका थिए,’ त्यस प्रस्तावको विरोध गरेका इरान भेटेरनरी एशोसिएशनका अध्यक्ष डा पायम मोहिबीले बीबीसीसँग भने।

‘यसबीचका वर्षहरूमा उनीहरूले त्यस विधेयकलाई कैयौँ पटक परिवर्तन गरेका छन् र कुकुर पाल्नेहरूलाई शारीरिक दण्ड दिने सम्मबारे छलफल गरेका छन्। तर उनीहरूको योजनाले कतै लगेन,’ डा मोहेबीले भने।

इरानी शहरी जीवनको एउटा प्रतीक

ककुर पाल्ने कुरा इरानको ग्रामीण भेगमा सामान्य झैँ छ। तर २०औँ शताब्दीमा त्यो इरानको शहरी जीवनको प्रतीकजस्तो पनि बन्यो। मध्यपूर्वमा पशु कल्याण कानुनहरू पारित गर्नेमा इरान सुरुवाती देशमध्ये गनिन्छ।

सन् १९४८ मा सरकारले जनावरहरूको अधिकारलाई प्रवर्द्धन गर्न भनेर पहिलो संस्था स्थापना गरेको थियो। देशको शाही परिवारसँग पनि कुकुरहरू थिए। तर सन् १९७९ मा भएको इस्लामिक क्रान्तिले इरानी नागरिक र कुकुरहरूका लागि धेरै पक्षमा परिवर्तन ल्यायो।

२०औँ शताब्दीमा इरानको शाही परिवारसँग पनि कुकुरहरू थिए २० औँ शताब्दीमा त्यो इरानको शहरी जीवनको प्रतीकजस्तो पनि बन्यो।

नयाँ शासकहरूले कुकुरहरू पश्चिमाकरणको प्रतीक बनेको भन्दै त्यसलाई अनावश्यक ठानेर नियन्त्रण गर्नुपर्ने आदेश दिएका छन्। कुकुर पाल्नेबारे कुनै ठोस नियमहरू छैनन्, तेहरानमा बस्ने एक पशु चिकित्सक डा अस्कन सेमिरानीले बीबीसीसँग भने।

प्रहरीहरूले कुकुर डोर्‍याएर हिँडेका भरमा वा कारमा तिनलाई राखेर डुलेका भरमा छड्के मार्दा मानिसहरूलाई पक्राउ गर्छ किनकी त्यसलाई उनीहरूले पश्चिमाकरणको प्रतीक मान्छन्।

Comments

Back to top