जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले माग्यो प्रमुख कार्यकारी अधिकृत

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृतका लागि पुन विज्ञापन खुल्ला गरेको छ । प्रथम पटक खुलाइएको विज्ञापनको समय सीमाभित्र पर्याप्त निवेदन नपरेकोले पुन विज्ञापन खुलाएको हो ।

योग्यता पुगेका इच्छुक योग्य नेपाली नागरिकले हालसालै खिचेको पासपोर्ट साइजको फोटो, नागरिकताको प्रतिलिपी, बायोडाटा, शैक्षिक तथा अनुभव प्रमाणपत्रका प्रतिलिपी सहित आवेदन दिन संस्थाले अनुरोध गरेको छ । आवेदन भने सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दिनुपर्ने छ ।

Comments

Back to top