महिन्द्राको एक्सयुभी ४०० इभी भारतमा सार्वजनिक

भारतीय अटो निर्माता कम्पनी महिन्द्रा एन्ड महिन्द्राले सन् २०२२ को सेप्टेम्बरमा पहिलो पटक विद्युतीय एसयुभीको घोषणा गरेको थियो। कम्पनीले विद्युतीय एक्सयुभी ४०० एसयुभी घोषणा गरेको थियो। सोमबार भने कम्पनीले उक्त गाडी बजारमा सार्वजनिक गरेको छ। 

महिन्द्राले सुरुआती बजार मूल्य भारु १५ लाख ९९ हजारमा महिन्द्रा एक्सयुभी ४०० इभी सार्वजनिक गरेको हो। कम्पनीका अनुसार यो गाडी इसी र इएल गरी दुई भेरियन्टमा उपलब्ध हुनेछ।  इसी भेरियन्टमा ३४.५ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ जसले एक पटकको पूरा चार्जमा ३७५ किलोमिटर रेन्ज दिन्छ। त्यस्तै इएल भेरियन्टमा भने ३९.४ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ जसले एक पटकको पूरा चार्जमा ४५६ किलोमिटर रेन्ज दिने बताइएको छ। 

एक्सयुभी ४०० इभी आर्टिक निलो, इन्फिनिटी निलो, सेतो, कालो र ग्रे गरी विभिन्न पाँच रंगमा उपलब्ध हुनेछ। इएल भेरियन्ट भने डुअल टोन रंगमा समेत उपलब्ध हुने बताइएको छ। 

एक्सयुभी ४०० इभीको इसी भेरियन्टमा ३.३ किलोवाट चार्जरसहितको गाडीको बजार मूल्य भारु १५ लाख ९९ हजार तोकिएको छ भने ७.२ किलोवाट चार्जरसहितको मोडलको मूल्य १६ लाख ४९ हजार तोकिएको छ।  एक्सयुभी ४०० इभी इल भेरियन्टको मूल्य भने भारु १८ लाख ९९ हजार तोकिएको छ। यो ७.२ किलोवाट चार्जरमा उपलब्ध छ। 

नयाँ विद्युतीय एक्सयुभी ४०० मा २,६०० एमएम ह्विलबेस दिइएको छ भने ३६८ लिटरसम्म क्षमताको बुट स्पेस दिइएको छ। गाडीको बाहिरी आवरण निकै आकर्षक देखिन्छ। यसमा पुरै एलइडी लाइटहरू दिइएको छ। 

गाडीमा ७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रविधि दिइएको छ भने यसमा महिन्द्राको एन्ड्रेनो एक्स सफ्टवेयर, एनड्रोइड अटो र एप्पल कारप्ले सुविधा पाउन सकिन्छ। यसमा फन, फास्ट र फियरलेस गरी तीन ड्राइभ मोड पाउन सकिन्छ। 

हाल भारतीय बजारमा नेक्सन इभीको सुरुआती मूल्य भारु १८ लाख ३४ हजार तोकिएको छ। मूल्यमा तुलना गर्दा नेक्सन इभीभन्दा महिन्द्राको एक्सयुभी ४०० करिब भारु दुई लाखदेखि तीन लाख कम पर्छ।

Comments

Back to top