विश्वकै सबैभन्दा लामो नाक भएका मान्छे

टर्कीका ७१ वर्षका मेहमेट ओजयूरेक विश्वकै सबैभन्दा लामो नाक भएका जीवित व्यक्ति हुन्। उनको नाक ३.५ इन्चको छ र अझै बढिरहेको छ।

एघार वर्ष अगाडि नै उनलाई गिनिज बुक अफ वर्ड रेकर्ड्सले सबैभन्दा लामो नाक भएको जीवित व्यक्ति घोषणा गरेको थियो। तर उनको नाक बढ्न भने रोकिएको छैन।

उनको नाक मुखकै नजिक पुगिसकेको छ। द मिररका अनुसार उनी वर्तमान समयका सबैभन्दा लामो नाक भएका जीवित व्यक्ति भएता पनि उनको भन्दा लामो नाक यसअघि थियो।

१८ औं सताब्दीमा थोमस नाम गरेका एक व्यक्तिको नाक ७ इन्च लामो थियो।

Comments

Back to top