विश्वका अनौठा सेक्स म्युजियमहरु

यौनका विषयमा समाज अझै लुकिछिपी चासो राख्छ र खुले बहस गर्न डराउँछ । आलोचना सहनु पर्ने भयले यौनका विषयमा चर्चा र चासो कम देखाउने गरिन्छ । सार्वजनिक स्थानमा त झन यौनका विषयमा चासो, चिन्ता, वहस यौनहिंसामा जोडिने खतरा हुन्छ । त्यसैले यौनका विषयमा त्यस्तो चिन्तन कम हुने गरेको छ ।

यद्यपि नेपालका मन्दिरमा समेत यौनआकृतिका टुँडाल देखिन्छ । यो किन राखियो, के अर्थ राख्छ ? चर्चा हुँदैन । नेपालका मन्दिरका टुँडालमा कुँदिएका यौनआकृतिका आसनजस्तै संसारमा सेक्स म्युजियम नै सञ्चालनमा आएको छ ।

नेदरल्यान्डमा आम्सटर्डम म्युजियम सन् १९८५ मा खुलेको हो । आम्सटर्डम सहरस्थित दमार्क रोडमा रहेको म्युजियममा यौनजन्य कलाकृतिहरु सजाइएका छन् । फ्रान्सको पेसरमा रहेको द म्युजियम अफ इरोटिसिज्म सन १९९७ बाट सञ्चालनमा आएको छ।

दक्षिण कोरियामा एडल्ट थम पार्क यौन आकृतिको म्युजियमका लागि चर्चित छ । सेक्स थम पार्क सन् २००४ मा खुलेको हो । रसियाको म्युजियम अफ सेक्स एन्ड इरोटिक आर्ट पनि यौन संग्रहालयका लागि विश्व प्रसिद्ध छ ।

कडा अनुशासन र कम्युनिष्टको देश चीन पनि यौन आकृतिको म्युजियम चलाउनेमा सबभन्दा पुरानो देश मानिन्छ । चीनमा रहेको आन्सिएन्ट सेक्स म्युजियम । यो म्युजियममा यौनसँग सम्बन्धित तीन हजार सात सय कलाकृति छन् । २० वटा त छ हजार वर्ष पुराना भएको मानिन्छ । प्राचीन बादशाहले आफ्ना रानीको यौनसम्बन्ध आफूसँगमात्र रहोस् भनेर योनीमा ताल्चा लगाइदिने गरेको इतिहाससमेत चीनको आन्सिएन्ट सेक्स म्युजियममा समेटिएको छ । तामाको पेन्टीजस्तो साधन योनीमा राखेर ताला लगाइदिने र आफूलाई चाहिँदामात्रै खोल्ने गरेको कथालाई पुष्टि गर्ने पेन्टी अहिले पनि म्युजियममा राखिएको पाइएको छ ।

‘सेक्स म्युजियम’को इतिहास खोतल्दा सबैभन्दा पहिले सन् १९७० मा सानफ्रान्सिस्कोमा सञ्चालनमा आएको भेटिन्छ । यौन डमी, यौनसम्बन्धी गतिविधि र विभिन्न चर्चित व्यक्तिका यौन प्रसंगलाई समेटेर उतिखेर तहल्का पिटेको भनिने त्यो संग्रहालय अहिले बन्द छ ।

त्यसैगरी सन् २००२ मा न्युयोर्क र सन् २००४ मा लसएन्जल्समा सेक्स म्युजियम सञ्चालनमा आए । नेपालमा चैँ मन्दिरका टुँडालमा यस्ता यौन आकृतिका मूर्ति कुँदिए पनि यौन संग्रहालय सञ्चालनमा आइसकेका छैनन् ।

Comments

Back to top