कुकुरले पुच्छर हल्लाउनुका रोचक कारण

प्राय कुकुरले पुच्छर हल्लाइरहेको हुन्छ । हामीले जतिबेला पनि हेर्दा कुकुरको पुच्छर हल्लिरहेको मात्र देख्छौँ । तर कुकुरले किन पुच्छर हल्लाउँछ भन्ने बारेमा भने सोचेका छैनौँ होला । यस विषयमा निकै अनौठा कारण छ ।

कुकुरले डराएको बेला पुच्छर टाङ मुनि लुकाउँछ । तर खुसी भएको बेलामा भने यसले आफ्नो पुच्छर हल्लाउने गर्दछ । प्रायः सबै कुकुरको पुच्छर एकै प्रकारले बनेको हुन्छ । यो स–साना हाडहरु जोडिएर बनेको हुन्छ । अर्थात हाडहरु माला जस्तै जोडिएर कुकुरको पुच्छर बनेको हुन्छ ।

यसरी हाडहरुले बनेको पुच्छर थोरै माशंपेशीको मद्दतले पनि कुकुरले उसले चाहे अनुसारको जुनसुकै दिशामा हल्लाउन सक्छ । पुच्छर हल्लाउँदा कम माशंपेशी प्रयोग हुने भएकाले कुकुरहरु कम थाक्छन् र प्रायः सधैं पुच्छर हल्लाउने गर्दछन् ।

Comments

Back to top