“हाडजोर्नी” दुखाइका लागि जाइफल फाइदाजनक!

बढ्दो उमेरका मानिसहरुलाई क्याल्सियमको कमीका कारण जोर्नी दुख्छन्। सामान्यतया चिसोको समयमा पनि हाडजोर्नीको समस्या हुने गर्दछ। हाडजोर्नीको दुखाई कम गर्नका लागि मानिसहरु विभिन्न औषधिको प्रयोग गर्ने गरेका छन्।

जाइफलको प्रयोग गरेर जोर्नी दुखाईको समस्याबाट छुटकारा पाउन सकिन्छ। जाइफलको प्रयोगले जोर्नीको दुखाई सजिलै कम गराउँछ। क्याल्सियम र फस्फोरस तत्व जाइफलमा पाइने हुँदा यसलाई हाडजोर्नीका लागि अति नै उपयोगी मानिन्छ। यसले विशेषगरी हरेक किसिमको जोर्नी दुखाई कम गर्न सहयोग पुर्याउने गर्दछ। 

यसको प्रयोगका लागि सर्वप्रथम जाइफललाई राम्रोसंग पिसेर पाउडर बनाउने। हरेक दिन बिहान मनतातो पानीमा यस पाउडर मिसाई नियमित सेवन गरेको खण्डमा हाडजोर्नी दुखाईलाई कम गर्दछ।

यसका अतिरिक्त तिलको तेलमा जाइफलको पाउडर राखी हल्का मनतातो बनाई दुखेको ठाउँमा लगाउनाले पनि यसबाट लाभ उठाउन सकिन्छ।
 

Comments

Back to top