दिमागलाई चनाखो राख्ने उपायहरु यस्ता छन्!

मानिस शारीरिक र मानसिक रुपमा फूर्तिलो हुनु आवश्यक पर्छ । दिमागलाई स्वस्थ राख्ने केही उपाय अपनाउ सकिन्छ।

बढ्दो उमेरले मानिसको शरीर र व्यवहारमा ठूलो प्रभाव पार्छ। उमेर परिवर्तनले हाम्रो सोचाइ र स्मरणशक्तिलाई पनि असर गर्छ । बुढेसकालमा कयौं पटक यस्तो हुन्छ कि तपाई विगत पाँच वर्षदेखि घरबाट काममा र कामबाट घर आउँदै हुनुहुन्छ तर अचानक बाटोको चोकमा रोकिनुहुन्छ र सोच्न थाल्नुहुन्छ । कुन दिशामा जानुपर्छ। दैनिक दिनचर्याका धेरै कार्यहरूले तपाईंको स्मरणशक्ति सामान्य छ वा घट्दै छ भन्ने प्रश्नहरू उठाउन सक्छ।

हिड्डुल गर्नेः हिडडुल गर्दा दिमागको स्मरणशक्ति बढ्ने भएकोले नियमित हिड्ने बानी बसाउनुपर्छ । जति हिडडुल गर्न सक्यो त्यति नै स्मरणको लागि सहयोग गर्ने हिपोक्याम्पस बढ्ने अनुसन्धानले पनि देखाएका छन् । तसर्थ जति सक्दो बढी हिड्नुहोस्, ताकी तपाईको दिमाग बढी सक्रीय होस्।

कफी पिउनुहोस्: ठिक्क मात्रामा नियमित कफी पिउनाले स्मरण क्षमतामा सकरात्मक असर गर्ने विभिन्न अध्ययनले देखाएका छन् । बिहानको कफी वा चियाले स्मरण तेज गर्छ । कफीको असर लामो समयसम्म रहने भएकोले दिमागलाई फूर्तिलो बनाउन महत्वपूर्ण मानिन्छ।

ध्यान गर्नेः वास्तवमा ध्यानले मानिसको दिमागलाई निकै फूर्तिलो र तेज बनाउँछ। वास्तविक ध्यानले तपाईको दिमाग वास्तविक भन्दा साढे सात वर्ष कलिलो बनाउँछ। तसर्थ ५० वा सो भन्दा माथि उमेरका मानिसले नियमित ध्यान गर्नुपर्छ । ध्यानले वास्तवमै दिमागका नयाँ कोष उत्पन्न गर्ने विभिन्न अनुसन्धानले देखाएका छन्। जतिसुकै उमेर भए पनि दिमागले तपाईको दिमागको स्मरण बढाउँछ।

पर्याप्त निन्द्राः दिमागलाई तेजिलो बनाउन पर्याप्त निन्द्रा पनि आवश्यक छ। गहिरो निदाउने व्यक्तिको स्मरण शक्ति पनि बलियो हुन्छ। दिमागले राम्रोसँग काम गर्न बयस्कको दिमागलाई दैनिक ७ घन्टा निन्द्राको आवश्यक पर्छ।

विभिन्न खेल खेल्नेः खेल खेल्दा दिमाग सक्रिय हुन्छ।  तसर्थ फुर्सदको समयमा खेल्नुपर्छ। शारीरिक रुपमा बाहिर जान समय नभएमा कम्पयुटरमा नै चेस, पजल तथा अन्य खेल्दा दिमाग तेजिलो हुन्छ। किनकी खेलले दिमागको व्यायाम गराउँछ।

संगीत सुन्नेः स्मरण शक्ति बढाउन संगीतकार बन्नुपर्छ भन्ने छैन । संगीत सुन्दा पनि हुन्छ। संगीत सुन्दा दिमागको कोषलाई बलियो बनाउँछ।

Comments

Back to top