मुखबाट गन्ध आउने कारण र समाधानका उपायहरु यस्ता छन्!

हामी सामान्य टाउको दुखाइलाई पनि महत्त्व दिन्छौं। कतै छालामा चोट लाग्यो भने पनि उपचारको चिन्ता गर्छौं। तर, जीवनको सबैभन्दा महत्वपूर्ण अंग मुख र दाँतको स्वास्थ्यमा भने त्यति धेरै ध्यान दिने गरेका हुँदैनौं। मुख र दाँतको स्वास्थ्य निकै महत्त्वपूर्ण हुन्छ।

हामीले दाँत र मुख स्वास्थ्यको ख्याल गरेनौं भने समयभन्दा अघि नै दाँत रोगी हुने र सास गन्हाउनेजस्ता समस्या सुरु हुन्छ। यतिमात्र होइन मुख र दाँत स्वास्थ्यमा ध्यान दिइएन भने मुख र जिब्रोको क्यान्सरबाट बच्न सक्दैनौँ। सास गन्हाउने समस्या जुनसुकै उमेरका मानिसमा हुनसक्छ। यस्ता कारणहरू र त्यसको उपचारको बारेमा तल चर्चा गरिएको छ ।

- पाचन शक्तिमा कठिनाई – कहिलेकाँही हामी यस्ता चिजहरु खान्छौ जो सजिलै पच्दैन । यसको कारणले पेट फुल्ने र एसिडिटीको समस्या हुन सक्छ । जसको कारणले गर्दा मुखबाट गन्ध आउने समस्या हुन सक्छ त्यसैले पचाउन गाह्रो हुने चिजहरु सेवन नगर्दा उत्तम हुन्छ।

- मदिरा सेवन – रक्सीको सेवनले मुखबाट धेरै गन्ध आउछ । तरल पदार्थ भएपनि रक्सी पिए पछि मुख सुक्छ जसको कारण ब्याक्टेरिया बन्न थाल्छ। चिकित्सा भाषामा भन्ने हो भने यी ब्याक्टेरियाहरूको कारण होलिटोसिस मुखबाट गन्ध आउनु हुन्छ । यस बाहेक कफि, मसलादार खाना र सिगरेटले पनि मुख सुक्खा बनाउछ । सुख्खा मुखको कारण सुतेको बेलामा लार पाउदैन जसको कारण सासमा गन्ध आउन थाल्छ।

- टन्सिल स्टोन्स – टन्सिल स्टोन ब्याक्टेरिया, खानाका ससाना कणहरु, मृत कोशिका र बलगम मिलेर बनेको हुन्छ। यो तपाईंको टन्सिल वा जिब्रोको पछाडिको भागमा अड्किएका हुन्छन्। तिनीहरूले कुनै नोक्सान गर्दैनन् तर सासमा गन्ध उत्पन्न गराउदछ । यदि तपाईंलाई यो समस्या छ भने खाना खाएपछि नुन पानीले कुल्ला गर्नुहोस्।

- तपाईंको जिब्रो – जिब्रोमा रहने जीवाणुहरूको कारण सासमा गन्ध आउँछ । यसका लागि ब्रश गरेपछि तपाईंको जिब्रो दैनिक सफा गर्नु महत्त्वपूर्ण छ । यसको लागि प्लास्टिकको सट्टा धातुको टंग क्लीनर प्रयोग गर्नुहोस् । यसले तपाईंको जिब्रो सफा राख्दछ र मुखबाट गन्ध आउँदैन ।

- औषधिहरू – एन्टीडिप्रेसन्स र एलर्जीसहित करिब ४०० भन्दा बढी औषधिहरूले मुखमा लारको प्रवाहलाई रोक्दछ। लारले ब्याक्टेरियाहरूलाई मुखबाट टाढा राख्छ। यदि तपाईं त्यस्ता कुनै औषधि लिइरहनुभएको छ भने तरल पदार्थको मात्रा बढाउनुहोस्। धेरै पानी पिउनुहोस्। बिना सुगर वाला चुइङ्गम चपाउनुहोस । मुख सधैं सफा राख्नुहोस्।

Comments

Back to top